२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

न्युर्कमा दुःखद घटना: २० तल्लाबाट खसेर दुई वर्षीय बालकको मृत्यु

न्युर्कमा दुःखद घटना: २० तल्लाबाट खसेर दुई वर्षीय बालकको मृत्यु

न्युयोर्क -शनिबार बिहान न्युर्कस्थित एलिजाबेथ टावर्स अपार्टमेन्टको २० तल्लाबाट खसेर दुई वर्षीय बालकको मृत्यु भएको छ। बिहान ७ बजे प्रहरी घटनास्थल पुगेको थियो र बालकलाई त्यतै मृत घोषणा गरिएको हो।

बालकको नाम सार्वजनिक गरिएको छैन, तर छिमेकीहरूले परिवार घानाबाट आएको बताएका छन्। एक छिमेकीले बालकलाई “सानो भाइ” भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।

अपार्टमेन्टमा केही झ्यालहरू जीर्ण अवस्थामा रहेको, कतिपयलाई प्लास्टिक वा काठले छोपिएको देखिएको NBC न्यूयोर्कले जनाएको छ। स्थानीय बासिन्दाले भवन पुरानो भएकाले तत्काल मर्मत आवश्यक रहेको बताएका छन्।

यो घटना भवन व्यवस्थापन र सुरक्षा उपायबारे गम्भीर प्रश्न उठाएको छ। अनुसन्धान जारी छ।