२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

सिड्नीको बोन्डी बिचमा गोलीकाण्ड : १० जनाको मृत्यु, दुई पक्राउ

सिड्नीको बोन्डी बिचमा गोलीकाण्ड : १० जनाको मृत्यु, दुई पक्राउ

सिड्नी- अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा संलग्न आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गोलीकाण्डको समयमा यहूदी समुदायका सदस्यहरू हनुक्का पर्व मनाउँदै समुद्र तटमा भेला भएका थिए। ‘अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार १६ जनालाई अस्पताल लगिएको छ भने धेरैको घटनास्थलमै उपचार भइरहेको छ।

अस्ट्रेलियाको यहूदी सङ्घका प्रमुख रोबर्ट ग्रेगरीले यस घटनालाई “त्रासदीपूर्ण तर पूर्वानुमानित” भन्दै सरकारलाई समुदायको सुरक्षामा असफल भएको आरोप लगाएका छन्।