ट्रम्पको नाममा नयाँ ‘Trump-class’ युद्धपोत घोषणा, अमेरिकी नौसेनाद्धारा ‘USS Defiant’ सार्वजनिक
- ०८ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा नयाँ “Trump-class battleships” घोषणा गरेका छन्। फ्लोरिडाको मार–ए–लागोमा आयोजित कार्यक्रममा अमेरिकी नौसेनाका सचिव जोन फेलनले पहिलो युद्धपोत USS Defiantलाई “विश्वकै सबैभन्दा ठूलो, घातक, बहुउपयोगी र आकर्षक युद्धपोत” भनेर वर्णन गरे।
यी युद्धपोतहरूमा बन्दुक, मिसाइल, हाइपरसोनिक हतियार, इलेक्ट्रोनिक रेलगन र उच्च शक्ति भएका लेजर प्रणाली रहनेछन्। साथै, न्यूक्लियर–आर्म्ड सी–लन्च्ड क्रूज मिसाइल पनि रहने बताइएको छ। ट्रम्पले आगामी दशकमा २०–२५ वटा युद्धपोत निर्माण गर्ने लक्ष्य राखिएको जानकारी दिए।
अमेरिकी नौसेनाले डिजाइनको नेतृत्व गर्नेछ भने ट्रम्पले आफू “सौन्दर्यप्रेमी व्यक्ति” भएको भन्दै प्रत्यक्ष भूमिका खेल्ने बताएका छन्।
यसअघि १९९१ को खाडी युद्धमा अमेरिकाले अन्तिम पटक युद्धपोत प्रयोग गरेको थियो।
ट्रम्पले युद्धपोतहरू कुनै एक देशलाई लक्षित नभएको स्पष्ट गर्दै “शक्ति मार्फत शान्ति” कायम गर्ने उद्देश्य रहेको बताए।