२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

अष्ट्रेलियाका ७० लाख नागरिक डढेलोको तथ्य जोखिममा

अष्ट्रेलियाका ७० लाख नागरिक डढेलोको तथ्य जोखिममा

सिड्नी- हालै सार्वजनिक एक प्रतिवेदनले करिब ७० लाख अष्ट्रेलियालीहरू जङ्गली आगोको उच्च जोखिममा रहेको डरलाग्दो तथ्य उजागर गरेको छ। विशेषगरी सिड्नी, मेलबर्न र पर्थ जस्ता प्रमुख सहरका बाहिरी इलाकामा जनसङ्ख्या बढ्दै जाँदा सन् २०२५ को लस एन्जलस आगलागी जस्तै विनाशकारी डढेलोले सहरभित्रै क्षति पुर्‍याउन सक्ने चेतावनी दिइएको छ। सन् २००१ यता सहरका किनारी भागमा बसोबास गर्नेको सङ्ख्या उल्लेख्य बढे पनि त्यहाँका अधिकांश घरहरू अग्नि नियन्त्रणका आधुनिक मापदण्ड अनुसार नबन्दा थप जोखिम बढेको हो।

विज्ञहरूका अनुसार जलवायु प्रदूषणका कारण डढेलोको सिजन पहिलेभन्दा लामो र भयानक बन्दै गएको छ, जसलाई अहिलेको सामान्य अग्नि निवारण क्षमताले मात्रै रोक्न कठिन छ। यो प्रतिवेदनले जलवायु प्रदूषण कम गर्न र सहरी क्षेत्रमा आपत्कालीन सेवाहरूको क्षमता तत्काल सुदृढ बनाउन सरकारलाई सुझाव दिएको छ।