२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

पूर्वी अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु, बन्दुकधारीको खोजी जारी

पूर्वी अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु, बन्दुकधारीको खोजी जारी

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सको कार्गेलिगो ताल (Lake Cargelligo) क्षेत्रमा बिहीबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ। सिड्नीबाट करिब ४५० किलोमिटर पश्चिममा पर्ने यो सानो सहरमा भएको घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। गोली लागेर अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार यो घटना ‘घरेलु हिंसा’ सँग जोडिएको हुन सक्ने आशंका गरिएको छ। बन्दुकधारी हतियारसहित सहरमा पसेको सूचनापछि प्रहरीले स्थानीय बासिन्दालाई घरभित्रै बस्न र सुरक्षित रहन आग्रह गरेको छ। अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर फरार बन्दुकधारीको खोजी भइरहेको छ।