२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

चिसोले रोकियो नासाको ‘मून मिसन’: आर्टिमिस-२ को उडान सर्यो

चिसोले रोकियो नासाको ‘मून मिसन’: आर्टिमिस-२ को उडान सर्यो

न्युयोर्क- फ्लोरिडामा अत्यधिक चिसो बढेपछि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो बहुप्रतिक्षित ‘आर्टिमिस-२’ मून मिसनको तयारी रोक्नु परेको छ। रकेटमा इन्धन भर्ने ‘ड्रेस रिहर्सल’ शनिबार हुने भनिएकोमा अब सोमबारका लागि सारिएको छ।

यो ढिलाइका कारण प्रक्षेपण मिति पनि पछाडि धकेलिएको छ। अब यो ऐतिहासिक उडान फेब्रुअरी ८ (माघ २५) भन्दा अगाडि नहुने पक्का भएको छ। ५४ वर्षपछि मानवलाई लिएर चन्द्रमाको फन्को लगाउने यो मिसनमा ३ जना अमेरिकन र १ जना क्यानेडियन अन्तरिक्ष यात्री जाँदैछन्।

यता अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) मा जाने ‘क्रु-१२’ को पालो पनि यसैमा अल्झिएको छ। यदि आर्टिमिस-२ फेब्रुअरी ८ मा उड्यो भने, क्रु-१२ ले आर्टिमिसको टोली नफर्किएसम्म (करिब फेब्रुअरी १९ सम्म) कुर्नुपर्ने हुन्छ। नासाले रकेटमा ७ लाख ५० हजार ग्यालेन ‘सुपरकोल्ड’ इन्धन भरेर परीक्षण गर्दैछ। यदि फेब्रुअरी ११ सम्म पनि रकेट उडेन भने यो सम्पूर्ण मिसन मार्च महिनासम्म धकेलिन सक्छ।