जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
- २७ माघ २०८२
- १ मिनेटको पढाई
टोकियो- जापानमा पछिल्लो तीन हप्तादेखि लगातार भइरहेको भारी हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ। त्यहाँको ‘फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सी’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार, अहिलेसम्म ४६ जनाको मृत्यु भइसकेको छ भने ५५८ जना घाइते भएका छन्।
जनवरीको अन्तिम सातादेखि सुरु भएको यो हिमपातले खासगरी जापानका उत्तरी क्षेत्रहरूलाई नराम्ररी प्रभावित पारेको छ। हिउँका कारण यातायात सेवा ठप्प हुनुका साथै मानिसहरूलाई घरबाहिर निस्कन समेत मुस्किल परेको छ।
प्रहरीका अनुसार, धेरैजसो दुर्घटना मानिसहरूले घर वा सडकमा जमेको हिउँ पन्छाउने क्रममा भएका हुन्। मौसम विज्ञान एजेन्सीले उत्तरी सहर आओमोरीमा ४ फिटभन्दा बढी हिउँ जमेको जनाएको छ। निरन्तरको चिसो र हिउँले गर्दा उद्धार कार्यमा पनि कठिनाइ भइरहेको छ।