वार्ताका लागि रुसलाई दबाब दिन अमेरिकालाई जेलेन्स्कीको आग्रह
- २९ माघ २०८२
- १ मिनेटको पढाई
किभ (युक्रेन)- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न अमेरिकालाई गुहारेका छन्। उनले रुसलाई वार्ताको टेबलमा ल्याउन अमेरिकाले थप दबाब दिनुपर्ने बताए।
अर्को साता अमेरिकी मध्यस्थतामा शान्ति वार्ता हुँदैछ, तर मस्कोले त्यसमा भाग लिने वा नलिने भन्ने अझै टुंगो छैन। जेलेन्स्कीले युक्रेन बैठकमा बस्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्। यसअघि भएका दुई चरणका त्रिपक्षीय वार्ता असफल भएका थिए। उनले यसको जिम्मेवारी अमेरिकाको पनि भएको भन्दै आगामी वार्ता सफल बनाउन रुसमाथि कडा दबाब सिर्जना गर्न आग्रह गरे।
जेलेन्स्कीका अनुसार अमेरिकाले आगामी जुन महिनासम्ममा यो चार वर्ष लामो युद्ध टुंग्याउन चाहेको छ। उता रुसी विदेश मन्त्री सेर्गेई लाभ्रोभले भने सङ्कट समाधानका लागि वार्ताको प्रयास भइरहे पनि धेरै कुरा मिलाउन बाँकी रहेको प्रतिक्रिया दिएका छन्।