२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

चीनको गोप्य परमाणु तयारी: सिचुआनका पहाडभित्र ठुला बंकर भेटिए

चीनको गोप्य परमाणु तयारी: सिचुआनका पहाडभित्र ठुला बंकर भेटिए

न्युयोर्क – चीनले गोप्य रूपमा आफ्नो परमाणु हतियार कार्यक्रमलाई तीव्र गतिमा विस्तार गरिरहेको खुलासा भएको छ। ‘न्युयोर्क टाइम्स’ को एक रिपोर्ट अनुसार, चीनले दक्षिण–पश्चिमी सिचुआन प्रान्तका पहाडहरू खोपेर परमाणु बंकर र अन्य संरचना बनाइरहेको छ।

सन् २०२२ देखि २०२६ सम्मका उपग्रह तस्बिरहरूको विश्लेषण गर्दा सिचुआनमा परमाणु गतिविधि बढेको पाइएको हो। विज्ञहरूका अनुसार, सन् २०१९ देखि नै चीनले यहाँ निर्माण कार्यलाई तीव्रता दिएको थियो।

सिचुआनको ‘जितोङ’ भन्ने ठाउँमा नयाँ बंकर, पर्खाल र ठुला पाइपहरू देखिएका छन्। विज्ञहरूले अनुमान गरेका छन् कि यी संरचनाहरू उच्च–विस्फोटक परीक्षणका लागि प्रयोग भइरहेका छन्। यो प्रविधि परमाणु बम (वारहेड) बनाउन प्रयोग गरिन्छ। अमेरिकाले चीनमाथि लुकेर परमाणु परीक्षण गरेको आरोप लगाउँदै आए पनि चीनले भने यसलाई सधैँ अस्वीकार गर्दै आएको छ।