२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

अमेरिकी युद्धपोत अब्राहम लिंकनमा इरानले आक्रमण गरेको दाबी

अमेरिकी युद्धपोत अब्राहम लिंकनमा इरानले आक्रमण गरेको दाबी

न्युयोर्क – इरानले अमेरिकी विमानवाहक जहाज अब्राहम लिंकनमा चारवटा ब्यालिस्टिक क्षेप्यास्त्र हानेको दाबी गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले विज्ञप्ति निकालेर अमेरिकी नौसेनाको जहाजमाथि आक्रमण गरेको बताएको हो।

शत्रुमाथिको आक्रमण अब नयाँ चरणमा पुगेको गार्ड कोर्प्सले बताएको छ। तर, अन्य स्रोतले भने अमेरिकी जहाजमा भएको यो आक्रमणको अहिलेसम्म पुष्टि गरेका छैनन्। अहिले अब्राहम लिंकन जहाज फारसको खाडी र अरब सागर नजिकै राखिएको छ।