२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

दुबईमा उडान पर्खिरहेका १०८ नेपाली सुरक्षित, होटलमा राखियो

दुबईमा उडान पर्खिरहेका १०८ नेपाली सुरक्षित, होटलमा राखियो

न्युयोर्क- संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई विमानस्थलमा उडान पर्खिरहेका १०८ जना नेपाली सुरक्षित छन्। उनीहरू नेपाल आउन र अन्य देश जान लागेका थिए। अहिले उनीहरूलाई दुबईका विभिन्न होटलमा राखिएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो।

मन्त्रालयका महाशाखा प्रमुख रामकाजी खड्काले एयर अरेबिया विमानको उडानमा रहेका २८ जना नेपाली दुबईमा रोकिएको बताए। तीमध्ये दुई जना अजमान होटलमा छन्। उनीहरू सबै काठमाडौं आउन लागेका थिए। यसबारे विमान कम्पनीसँग कुराकानी भइरहेको खड्काले जानकारी दिए।

यसैगरी, फ्लाई दुबई विमानबाट विभिन्न देश जान लागेका ८० जना नेपाली पनि दुबईमै रोकिएका छन्। उनीहरूलाई पनि होटलमै राखिएको छ। उनीहरूलाई काठमाडौं ल्याउन सकिने वा नसकिने बारे महावाणिज्य दूतावासले विमान कम्पनीसँग सल्लाह गरिरहेको छ।

बाटोमा रोकिएका नेपालीलाई पहिलो प्राथमिकतामा राखेर सरकारी कार्यालयहरूले काम गरिरहेको खड्काले बताए।