२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युयोर्कमा इरानबाट कुनै तत्काल खतरा छैन, तर हामी सतर्क छौँ : गभर्नर होचुल

न्युयोर्कमा इरानबाट कुनै तत्काल खतरा छैन, तर हामी सतर्क छौँ : गभर्नर होचुल

न्युयोर्क – न्युयोर्क राज्यकी गभर्नर क्याथी होचुलले इरान र अमेरिकाबीच बढ्दो तनावका बीच न्युयोर्कमा कुनै पनि ठोस वा विश्वसनीय खतराको सङ्केत नदेखिएको बताएकी छन्। यद्यपि, राज्य ‘जोखिम’ मा रहेको र सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेको उनले स्पष्ट पारिन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा होचुलले न्युयोर्कको साइबर सुरक्षा र प्रतिआतङ्कवाद विज्ञहरूले मध्यपूर्वको अवस्थालाई २४सै घण्टा निगरानी गरिरहेको जानकारी दिइन्। “हामी विगतमा जस्तै अहिले पनि जोखिममा छौँ, त्यसैले हामीले यसलाई निकै गम्भीरताका साथ लिएका छौँ,” उनले भनिन्। सुरक्षा व्यवस्था कडा पार्न न्युयोर्क प्रहरीसँग मिलेर काम भइरहेको र संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाइएको छ।