२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

चितवन–२ मा रवि लामिछानेको चार गुणा बढी मतान्तरले अग्रता

चितवन–२ मा रवि लामिछानेको चार गुणा बढी मतान्तरले अग्रता

काठमाडौं– चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता कायम गरेका छन्। पछिल्लो मत परिणामअनुसार लामिछाने आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै चार गुणा बढी मतले अगाडि देखिएका हुन्।

रवि लामिछानेले २३ हजार ४६३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले ६ हजार ६५९ मत मात्रै पाएकी छन्। लामिछाने र खरेलबीच १६ हजार ८०४ मतको ठुलो अन्तर छ।

यस्तै, नेकपा एमालेका उम्मेदवार जस्मिन घिमिरे ५ हजार ६८ मतसहित तेस्रो स्थानमा छन्। सुरुवाती मतगणनादेखि नै अग्रता लिएका लामिछानेले गणना बढ्दै जाँदा मतान्तर पनि फराकिलो बनाउँदै लगेका छन्। यस क्षेत्रमा अहिले मतगणना जारी छ।

सम्बन्धित खबर