२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

पश्चिम एसियामा रहेका ६५ हजार नेपालीको विवरण संकलन, उद्धारको तयारी तीव्र

पश्चिम एसियामा रहेका ६५ हजार नेपालीको विवरण संकलन, उद्धारको तयारी तीव्र

– पश्चिम एसियामा युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि सरकारले विवरण संकलन कार्यलाई तीव्र पारेको छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ६५ हजार ८८६ नेपालीले अनलाइन पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन्।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि सिर्जित तनावका कारण नेपालीको उद्धार र सहायताका लागि कन्सुलर सेवा विभागले यो पोर्टल सञ्चालनमा ल्याएको हो। विभागकी महानिर्देशक दुपर्दा सापकोटाले दूतावासहरूमार्फत विवरण संकलन भइरहेको र आवश्यकताअनुसार उद्धार प्रक्रिया अघि बढाइने जानकारी दिइन्।

परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’ले समस्यामा परेका नेपालीसँग निरन्तर सम्पर्कमा रहन र उनीहरूको मनोबल बढाउन निर्देशन दिएको छ। मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई संयमित र सजग रहन आग्रह गर्दै कानुन विपरीतका फोटो वा भिडियोहरू आदानप्रदान नगर्न समेत सचेत गराएको छ।