क्रोएसियामा सडक दुर्घटना: दुई नेपालीको मृत्यु
- २८ फाल्गुन २०८२
- १ मिनेटको पढाई
क्रोएसिया- क्रोएसियामा सडक दुर्घटनामा परी दुई नेपाली युवाको ज्यान गएको छ। मृत्यु हुनेमा झापा मेचीनगरका ३९ वर्षीय भरत कार्की र सल्यान कुमाखका २७ वर्षीय भुवन विक रहेका छन्।
बोस्नियामा कार्यरत उनीहरू घुम्नका लागि क्रोएसिया जाँदै गर्दा फेब्रुअरी १२ मा दुर्घटनामा परेका थिए। गैरआवासीय नेपाली संघ (एनआरएन) क्रोएसियाका अध्यक्ष साइमन तामाङका अनुसार मृतकका शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको छ।
दुर्घटनाको समयमा सो टोलीमा तीन नेपाली र एक पाकिस्तानी नागरिक सवार थिए। दुर्घटनामा एक नेपाली महिला र एक पाकिस्तानी नागरिक घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।