कुवेतमा रोकिएका ६९ नेपालीको सडकमार्गबाट उद्धार
- २८ फाल्गुन २०८२
- १ मिनेटको पढाई
कुवेत – कुवेत ट्रान्जिटमा रोकिएका ६९ जना नेपालीलाई सुरक्षित रूपमा आफ्नो गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावासले साउदी अरेबियाको नेपाली दूतावाससँग समन्वय गरी उनीहरूलाई सडकमार्ग हुँदै पठाएको हो।
विभिन्न देश जाने क्रममा कुवेत पुगेका उनीहरू मध्यपूर्वमा जारी तनाव र उडान अवरुद्ध भएका कारण केही समय उतै रोकिएका थिए। दूतावासले आवश्यक कागजात, यातायात र सुरक्षाको प्रबन्ध मिलाएर उनीहरूलाई सीमा नाकासम्म पुर्याएको जानकारी दिएको छ।
दूतावासले यात्राका क्रममा समस्या परेमा वा ट्रान्जिटमा रोकिएमा तत्काल सम्पर्क गर्न नेपाली नागरिकहरूलाई अनुरोध गरेको छ। साथै, आधिकारिक सूचनाको मात्र विश्वास गर्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन समेत आग्रह गरिएको छ।