१ चैत्र २०८२, आइतवार
15 March 2026, Sunday

पश्चिम एसियाको द्वन्द्वः हल्लाको पछि नलाग्न नेपालीलाई सरकारको आग्रह

पश्चिम एसियाको द्वन्द्वः हल्लाको पछि नलाग्न नेपालीलाई सरकारको आग्रह

काठमाडौं- परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीलाई त्यहाँको द्वन्द्वबारे अफवाह नफैलाउन आग्रह गरेको छ। मन्त्रालयले आइतबार एउटा अपिल निकालेर हल्लाको पछि नलाग्न र आधिकारिक सूचना मात्र पत्याउन भनेको छ।

अहिले पश्चिम एसियामा तनाव बढिरहेको छ। मन्त्रालयले त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको बताएको छ। सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूले पनि आवश्यक जानकारी र सूचना दिइरहेका छन्।

त्रास वा डर फैलाउने खालका तस्बिर र भिडियो नबनाउन अनि सामाजिक सञ्जालमा सेयर नगर्न पनि सरकारले अनुरोध गरेको छ।