१ चैत्र २०८२, आइतवार
15 March 2026, Sunday

कुवेतका नेपालीलाई साउदी हुँदै स्वदेश फर्किन बाटो खुल्यो

कुवेतका नेपालीलाई साउदी हुँदै स्वदेश फर्किन बाटो खुल्यो

न्युयोर्क- मध्यपूर्वको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै कुवेतमा रहेका नेपाली अब साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन्। कुवेतस्थित नेपाली दूतावासले सूचना जारी गर्दै यो नयाँ व्यवस्थाबारे जानकारी दिएको हो।

यसका लागि नेपालीहरूसँग कुवेतको वैध आवासीय अनुमति (सिभिल आईडी) हुनुपर्नेछ। दूतावासका अनुसार, सिभिल आईडी भएका नेपालीले अनलाइनबाट साउदी भिसाको लागि आवेदन दिन सक्नेछन्। भिसा पाएपछि सडकमार्ग हुँदै साउदी प्रवेश गरेर त्यहाँको विमानस्थलबाट नेपाल आउन सकिनेछ।