१ चैत्र २०८२, आइतवार
15 March 2026, Sunday

नयाँ सरकार बन्ने बेला अमेरिकी जनरल काठमाडौंमा

नयाँ सरकार बन्ने बेला अमेरिकी जनरल काठमाडौंमा

काठमाडौं- नयाँ सरकार बन्ने तयारी चलिरहँदा अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल काठमाडौं आइपुगेका छन्। उनी आइतबार बिहान अन्य तीन सैन्य अधिकारीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्।

अमेरिकी दूतावासले यसलाई औपचारिक भ्रमण बताएको छ। फागुन २१ को चुनावपछि अमेरिकी सैन्य अधिकारीको यो पहिलो नेपाल भ्रमण हो।

भोवेलको टोलीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रधानसेनापति अशोकराज सिग्देल लगायतका उच्च अधिकारीहरूसँग भेटघाट गर्नेछ। साथै, उनीहरूको टोली पाँचखाल जाने कार्यक्रम पनि छ।

यसअघि फागुन १ गते पनि अमेरिकी जनरल सामुएल जे पापारो नेपाल आएका थिए। अहिलेको यो भ्रमणबारे नेपाल सरकारले भने औपचारिक रूपमा केही खुलाएको छैन।