१ चैत्र २०८२, आइतवार
15 March 2026, Sunday

न्यूआर्कमा ग्यासको पाइप पड्किँदा चारजना घाइते

न्यूआर्कमा ग्यासको पाइप पड्किँदा चारजना घाइते

न्युयोर्क- शनिबार दिउँसो न्यूआर्कको एउटा बस्तीमा ग्यासको पाइप पड्किँदा चारजना घाइते भएका छन्। खानेपानीको पाइप मर्मत गरिरहेका कामदारले गल्तीले ग्यासको लाइन काटेपछि यो घटना भएको हो।

विस्फोटका कारण एउटा घरको अगाडिको भाग भत्किएर सडकमा खसेको थियो भने वरपरका सिसाहरू फुटेका थिए। घाइते हुनेमा तीनजना वयस्क र एक १६ वर्षका किशोर छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको अधिकारीहरूले बताएका छन्।

यस घटनापछि रेडक्रसले सात परिवारका १२ जनालाई सहयोग गरिरहेको छ। साथै, छेउको घरबाट करिब १५ वटा कुकुरको पनि उद्धार गरिएको छ।

केही घण्टापछि हावामा ग्यास नदेखिएपछि धेरैजसो मानिसलाई आफ्नो घर फर्किन दिइएको छ। तर, एउटा घरमा बस्ने दुई परिवारले भने घरमा क्षति पुगेका कारण तत्काल फर्किन पाएका छैनन्।