न्युयोर्कको सेन्ट प्याट्रिक डे परेड: रोबर्ट जेम्स म्याककेन बने ग्रान्ड मार्सल
- ०३ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्क सहरमा हुने चर्चित ‘सेन्ट प्याट्रिक डे परेड’को २६५औँ संस्करणको नेतृत्व रोबर्ट जेम्स “बब” म्याककेनले गर्ने भएका छन्। उनलाई यस वर्षको ग्रान्ड मार्सलका रूपमा चयन गरिएको छ।
अमेरिका र आयरल्यान्डको दोहोरो नागरिकता भएका म्याककेन न्युयोर्कस्थित आइरिस आर्ट्स सेन्टरका बोर्ड अध्यक्ष हुन्। उनले झन्डै ३० वर्षदेखि दुई देशबीचको सांस्कृतिक र नागरिक सम्बन्ध बलियो बनाउन काम गरिरहेका छन्।
मंगलबार आयोजना हुने यो परेड बिहान ११ बजे सुरु भएर दिउँसो ३ बजेसम्म चल्नेछ। यो फिफ्थ एभिन्युको ४४औँ स्ट्रिटबाट सुरु भएर ७९औँ स्ट्रिटमा पुगेर सकिनेछ।
कार्यक्रमलाई विभिन्न टेलिभिजन र अनलाइन माध्यमबाट प्रत्यक्ष हेर्न सकिनेछ। दर्शकको सुविधाका लागि सार्वजनिक यातायातमा थप रेलहरू सञ्चालन गरिने र फिफ्थ एभिन्युको जुनसुकै ठाउँबाट पनि परेड राम्रोसँग हेर्न सकिने आयोजकले जनाएका छन्।