५ चैत्र २०८२, बिहिबार
19 March 2026, Thursday

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, सबै यात्रु सकुशल

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, सबै यात्रु सकुशल

काठमाडौं- खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। पाँच जना यात्रु बोकेर गएको उक्त हेलिकप्टर अवतरण (ल्यान्ड) गर्ने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटनामा पाइलटसहित सबै यात्रु सकुशल छन्। हेलिकप्टरमा सवार ७२ वर्षीय काजीबहादुर राईको खुट्टा भाँचिएको छ। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले उनी सामान्य घाइते भएको र अरू सबैको अवस्था ठीक रहेको बताइन्।

एयर डाइनेस्टीका अनुसार हेलिकप्टरमा काजीबहादुरसहित ८२ वर्षीय बलबहादुर राई, ७७ वर्षीय दलमणि राई, ८३ वर्षीया लक्ष्मी राई र ६३ वर्षीया सामला राई सवार थिए। उनीहरू आफन्तको शव गाडीमा पठाएर हेलिकप्टरबाट त्यहाँ गएका थिए।