२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा डा. हेमराज शर्मा चयन

एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा डा. हेमराज शर्मा चयन

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा बेलायत (यूके) का डा. हेमराज शर्मा निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा जापानका रोबिन प्रसाद शेरचन सर्वसम्मत रूपमा चयन भएका छन्। महासचिव पदमा चेक गणतन्त्रका डा. चिरञ्जीवी खड्का र कोषाध्यक्षमा यूकेका कृष्णप्रसाद तिमल्सेना निर्विरोध निर्वाचित भएका छन्।

यसबाहेक विभिन्न देशबाट प्रतिनिधित्व गर्ने गरी उपाध्यक्ष, महिला तथा युवा उपाध्यक्ष, उपमहासचिव, सचिव र सह-कोषाध्यक्षलगायत कार्यसमितिका सम्पूर्ण पदहरूमा पदाधिकारीहरू सर्वसम्मत रूपमै चयन भएका छन्। मतदान नगरी सबै पदमा सहमतिबाटै नयाँ नेतृत्व टुंग्याइएको हो।