६ चैत्र २०८२, शुक्रबार
20 March 2026, Friday

होर्मुजबाट पक्राउ पर्ने नेपाली अमृत झा भएको पुष्टि, थप चार नेपाली सम्पर्कमा

होर्मुजबाट पक्राउ पर्ने नेपाली अमृत झा भएको पुष्टि, थप चार नेपाली सम्पर्कमा

काठमाडौं – इरानी सुरक्षा निकायले होर्मुज जलमार्गबाट पक्राउ गरेका नेपाली नागरिकको पहिचान खुलेको छ। पक्राउ पर्नेमा पानीजहाजमा कार्यरत अमृत झा रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको हो।

मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार झालाई हाल इरानी सुरक्षा निकायले थुनामा राखेको छ। यसैबीच, इरानमा रहेका थप चार जना नेपाली पनि सम्पर्कमा आएका छन्। यसअघि ६ जना नेपाली सम्पर्कमा रहेकोमा अब यो संख्या १० पुगेको छ र उनीहरू सबै सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।

सम्पर्कमा आएका १० जना नेपालीले नै स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन्। उनीहरू भारतीय दूतावासको समन्वयमा भारतीय नागरिकहरूलाई उद्धार गर्न आउने जहाजमार्फत नेपाल फर्कने तयारीमा रहेको महाशाखा प्रमुख खड्काले जानकारी दिए।