६ चैत्र २०८२, शुक्रबार
20 March 2026, Friday

भारतको हैदराबादमा दुई करोडको डकैती, पाँच नेपालीमाथि आरोप

भारतको हैदराबादमा दुई करोडको डकैती, पाँच नेपालीमाथि आरोप

न्युयोर्क – भारतको हैदराबादमा दुई करोड भारतीय रुपैयाँ बराबरको सुनचाँदी र बहुमूल्य सामग्री डकैती गरेको आरोपमा पाँच जना नेपाली नागरिक विरुद्ध उजुरी दर्ता भएको छ। आरोपितहरूले विगत केही महिनादेखि शृंखलाबद्ध रूपमा डकैती गर्दै आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मुख्य आरोपितहरूमा महेश शाही र आफूलाई उनकी श्रीमती बताउने अप्सरा शाही (माया सिंह) रहेका छन्। उनीहरू दुवैले जुब्ली हिल्स क्षेत्रको एक घरमा कामदारका रूपमा बसेर मालिकको अनुपस्थितिमा गहना र महँगा घडीहरू लुटेको दाबी गरिएको छ। यस घटनामा उनीहरूलाई पदमबहादुर, सन्देश र उनकी श्रीमती काजलले सहयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनापछि यी पाँचै जना विगत चार दिनदेखि फरार छन्। हैदराबाद प्रहरीले उनीहरूको खोजीका लागि महाराष्ट्र, उत्तर प्रदेश र नेपाल प्रहरीसँग समन्वय गरिरहेको छ। प्रहरीले आरोपितहरूको बारेमा जानकारी दिने व्यक्तिलाई उचित पुरस्कार दिने घोषणा समेत गरेको छ।