‘हामी नेपाली इन्टरनेसनल’ द्वारा इदको शुभकामना व्यक्त
- ०६ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको न्युयोर्कमा स्थापना भएको संस्था ‘हामी नेपाली इन्टरनेसनल’ ले मुस्लिम समुदायको महान् पर्व इदको अवसरमा शुभकामना व्यक्त गरेको छ। सन् २०२६ मा स्थापना भएको यस संस्थाले ‘नेपाल र नेपालीको लागि’ भन्ने मूल नाराका साथ आफ्नो सन्देश प्रवाह गरेको हो।
संस्थाले विश्वभर रहेका नेपाली र विशेषगरी मुस्लिम धर्मावलम्बीहरूलाई ‘इद मुबारक’ भनेको छ। यस संस्थाले नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने लक्ष्य राखेको देखिन्छ।
पछिल्लो समय प्रवासमा रहेका नेपालीहरूले आफ्ना मौलिक चाडपर्वसँगै विभिन्न समुदायका उत्सवहरूलाई पनि सद्भावका साथ मनाउने क्रम बढ्दो छ। सोही परम्परालाई निरन्तरता दिँदै हामी नेपाली इन्टरनेसनलले पनि आपसी भाइचारा र एकताको सन्देश दिएको छ।
