२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

न्युयोर्क याङ्किसका चर्चित खेल प्रसारक जोन स्टर्लिङको ८७ वर्षको उमेरमा निधन

न्युयोर्क याङ्किसका चर्चित खेल प्रसारक जोन स्टर्लिङको ८७ वर्षको उमेरमा निधन

न्युयोर्क- न्युयोर्क याङ्किसका चर्चित खेल प्रसारक (ब्रोडकास्टर) जोन स्टर्लिङको ८७ वर्षको उमेरमा निधन भएको छ। उनको टोली र डब्लुएफएएन रेडियोले सोमबार उनको मृत्युको पुष्टि गरेका हुन्।

मुटुको शल्यक्रिया गरेपछि उनी न्युजर्सीस्थित आफ्नै घरमा स्वास्थ्यकर्मीको रेखदेखमा आराम गरिरहेका थिए। उनी खेलाडीले होम रन हान्दा आफ्नै छुट्टै र रोचक शैलीमा प्रतिक्रिया दिने कारणले समर्थकमाझ निकै चर्चित थिए।

उनले गत अप्रिलमा सन्यास लिनुअघि ५,४२० नियमित खेल र २११ पोस्टसिजन खेलको प्रसारण गरेका थिए। स्टर्लिङले सन् १९८९ सेप्टेम्बरदेखि २०१९ जुलाईसम्म लगातार ५,०६० खेलमा कमेन्ट्री गरे। सन्यास लिए पनि उनी सन् २०२४ को पोस्टसिजनका खेलमा कमेन्ट्री गर्न फेरि फर्किएका थिए।

खेलाडीपिच्छे फरक र रमाइला शब्दावली प्रयोग गर्नु उनको मुख्य विशेषता थियो। उनले बर्नी विलियम्स, डेरेक जिटर, एलेक्स रोड्रिगेज, जेसन गियाम्बी र हिदेकी मात्सुई जस्ता खेलाडीका लागि बनाएका विशेष वाक्यांशहरू निकै लोकप्रिय थिए।