५ साउन २०८३, मङ्लबार
21 July 2026, Tuesday

अमेरिका र इरानबिच आणविक सामग्री नष्ट गर्ने सहमति भएको ट्रम्पको दाबी

अमेरिका र इरानबिच आणविक सामग्री नष्ट गर्ने सहमति भएको ट्रम्पको दाबी

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। त्यहाँ गाडिएका आणविक सामग्रीहरू निकाल्न र नष्ट गर्न दुवै देश सहमत भएको दाबी उनले गरे।

एक कार्यक्रममा बोल्दै ट्रम्पले युद्ध समाप्त भएपछि अमेरिकी अधिकारीहरू इरानभित्र पसेर ती सामग्रीहरू लिने जानकारी दिए। क्षेत्रीय तनावका बाबजुद पनि अप्रिलदेखि लागू भएको अमेरिका–इरान युद्धविराम कायम रहेको उनले बताए। जारी वार्तामा प्रगति भइरहेको र यो हप्ताको अन्त्यसम्ममा एउटा अन्तरिम सम्झौता हुनसक्ने सङ्केत उनले गरे।

यसैबिच, इरानको सरकारी टेलिभिजन आईआरआईबीले ओमानको खाडीमा रहेको एक अमेरिकी युद्धपोतको कमान्ड सेन्टरलाई आफ्नो जलसेनाले निसाना बनाएको दाबी गरेको छ। अमेरिकी सेनाले नियम उल्लंघन गरेकाले यस्तो कारबाही गरिएको इरानको भनाइ छ।

यद्यपि, अमेरिकी सेन्ट्रल कमान्डले इरानको उक्त दाबीलाई असत्य भन्दै आधिकारिक रूपमा खण्डन गरेको छ।