२३ असार २०८३, मङ्लबार
7 July 2026, Tuesday

इजिप्टमा मध्यपूर्वकै ठूलो कमान्ड मुख्यालय ‘अक्टागन’ को उद्घाटन

इजिप्टमा मध्यपूर्वकै ठूलो कमान्ड मुख्यालय ‘अक्टागन’ को उद्घाटन

न्युयोर्क- इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले नयाँ प्रशासनिक राजधानीमा ‘अक्टागन’ भनिने राज्य रणनीतिक कमान्ड मुख्यालयको उद्घाटन गरेका छन्। कायरोको पूर्वमा रहेको यो मध्यपूर्व क्षेत्रकै सबैभन्दा ठूलो कमान्ड केन्द्र हो।

राष्ट्रपति कार्यालयका अनुसार यसले देशको सैन्य र रणनीतिक सञ्चालनमा नयाँ आयाम थप्नेछ। राष्ट्रपति सिसीले यसलाई गौरवशाली राष्ट्रिय संरचना भन्दै देशको नियन्त्रण र व्यवस्थापन प्रणालीमा महत्त्वपूर्ण फड्को भएको बताए। उद्घाटनका क्रममा उनले आधिकारिक बडापत्रमा हस्ताक्षर गर्दै सशस्त्र बलको झन्डासमेत फहराए।

अत्याधुनिक प्रविधि, सुरक्षित सञ्चार र सूचना विश्लेषण क्षमताले भरिपूर्ण यो मुख्यालय सैन्य मामिला व्यवस्थापन र देशका ठूला चुनौती सामना गर्न बनाइएको हो। कृत्रिम बौद्धिकता (एआई) समेत प्रयोग गरिएको यसले राज्यका विभिन्न निकायलाई आपसमा जोड्दै एकीकृत संकट व्यवस्थापन केन्द्रको रूपमा काम गर्नेछ।