८ अशोज २०८३, बिहिबार
24 September 2026, Thursday

एल निनोको प्रभाव: एसियामा खडेरी र विश्वभर खाद्यान्न महँगिने खतरा

एल निनोको प्रभाव: एसियामा खडेरी र विश्वभर खाद्यान्न महँगिने खतरा

न्युयोर्क- यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्ने अनुमान गरिएको छ। यसले गर्दा एसियाका विभिन्न भागमा खडेरी, पानीको अभाव र डढेलोको जोखिम बढेको छ। धान, पाम तेल र माछालगायतका उत्पादन घट्ने भएकाले विश्वभर नै खाद्यान्न महँगिने चेतावनी दिइएको छ।

विश्व खाद्य कार्यक्रमले एल निनोका कारण सन् २०२७ को अन्त्यसम्म करिब ५ करोड मानिस गम्भीर खाद्य सङ्कटमा पर्न सक्ने बताएको छ। दक्षिणपूर्वी एसियामा यसको असर देखिन थालिसकेको छ। इन्डोनेसियामा डढेलो फैलिएको छ भने जलाशय र नदीहरूमा पानीको सतह घटेको छ।

धान निर्यात गर्ने भारत, भियतनाम र थाइल्यान्ड तथा पाम तेल उत्पादन गर्ने इन्डोनेसिया र मलेसिया यसबाट धेरै प्रभावित हुने अनुमान छ। विश्लेषकहरूले विश्वभर खानेकुराको मूल्य १५ प्रतिशतभन्दा बढीले बढ्न सक्ने बताएका छन्। कृषि उत्पादन घट्दा यसको सबैभन्दा ठुलो मार गरिब मानिसहरूलाई पर्ने राष्ट्रसंघका अधिकारीहरूले बताएका छन्।