५ साउन २०८३, मङ्लबार
21 July 2026, Tuesday

ह्यारी भण्डारी अमेरिकाको प्राथमिक निर्वाचनमा पराजित

ह्यारी भण्डारी अमेरिकाको प्राथमिक निर्वाचनमा पराजित

नेपाली मूलका विधान सभा सदस्य अर्थात् सांसद ह्यारी भण्डारी अमेरिकाको प्राथमिक निर्वाचनमा पराजित भएका छन् । मंगलबार सम्पन्न प्राथमिक निर्वाचनमा होमिएका भण्डारी पराजित भएका हुन् ।

भण्डारी अझै पनि मेरिल्याण्ड राज्यका क्षेत्र ८ का विधान सभा सदस्य हुन् । उनी मेरिल्याण्ड राज्यको तर्फबाट अमेरिकी संसद्का लागि उम्मेदवार भएका थिए ।

उनी मेरिल्याण्ड राज्यको चुनाव क्षेत्र सङ्ख्या २ का लागि मैदानमा उत्रिएका थिए ।

यस क्षेत्रका लागि जोनी ओसेस्की जुनियर विजयी भएका छन् । उनी बाल्टीमोर काउन्टीका काउन्टीका कार्यकारी हुन् । अब आगामी नोभेम्बरमा हुने निर्वाचनमा उनी डेमोक्र्याटको तर्फबाट रिपब्लिकनको उम्मेदवारसँग भिड्ने छन् । तर यो क्षेत्र दशकौ देखि डेमोक्रयाटले जित्दै आएको छ । जोनी ओसेस्की जुनियर २०२५ को लागि अमेरिकी संसद्को सांसद पदका उम्मेदवार भएका छन् ।