६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

अस्ट्रेलियामा विदेशी विद्यार्थीको भिसा शुल्क दोब्बरभन्दा बढीले वृद्धि

अस्ट्रेलियामा विदेशी विद्यार्थीको भिसा शुल्क दोब्बरभन्दा बढीले वृद्धि

अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थीले तिर्नुपर्ने भिसा शुल्कमा अत्यधिक वृद्धि गरेको छ । १ जुलाईबाटै कार्यान्वयनमा आएको भिसा शुल्कअनुसार अब विदेशी विद्यार्थीले १६०० डलर झण्डै १ लाख ४३ हजार रुपैयाँ तिर्नु पर्नेछ ।

यसअघि ७१० अष्ट्रेलियन डलर (६३ हजार ३२४) रुपैयाँ रहेको थियो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको सरकारले हालै विदेशी विद्यार्थीको संख्यामा कीर्तिमानी वृद्धि भएपछि यो कदम चालेका हुन् । अब यसको असर नेपाली विद्यार्थीमा पनि पर्ने छ ।

गत वर्ष नेपालबाट १ लाख बढी विद्यार्थीले गत वर्ष नो अब्जेक्सन लेटर लिएकोमा ५० प्रतिशत बढी अष्ट्रेलिया पुगेका छन् । यो संख्या यस वर्ष पनि थप बढ्ने भएकाले करोडौं रकम नेपाली विद्यार्थीले अष्ट्रेलिया अध्ययनमा जानका लागि भिसा प्राप्त गर्नका लागि खर्च गर्ने छन् ।

अस्ट्रेलियाका शीर्ष अनुसन्धान विश्वविद्यालय (द युनिभर्सिटी अफ सिड्नी र द युनिभर्सिटी अफ मेलबर्न लगायत) को प्रतिनिधित्व गर्ने समूह अफ एटले सरकारको यो निर्णयप्रति निराशा व्यक्त गरेको छ ।