२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ

अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ

न्युयोर्क- अमेरिकामा एकजना नेपाली भाषीको कुटेर हत्या गरिएको छ।

बेलायती पत्रिका डेली मेलका अनुसार अमेरिकी राज्य टेनेसीको राजधानी न्यासभाइलमा आयोजित कन्सर्ट हेर्न पुगेका ४१ वर्षीय उमेश दाहालको हत्या भएको हो।

अमेरिकी समयानुसार गत शनिबार राति दाहाललाई दुई जनाले कुटेका थिए। त्यसपछि अस्पताल लगिएका उनलाई मंगलबार मृत घोषणा गरिएको हो।

हत्यामा संलग्न आरोपमा अमेरिकी प्रहरीले नेपाली भाषी नै २६ वर्षका विशाल राईलाई पक्राउ गरेको छ।