२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लामाथि गोली प्रहार

पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लामाथि गोली प्रहार

भारत- जम्मु–कस्मिरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लामाथि बुधबार एउटा विवाह भोजमा गोली प्रहार भएको छ। ८८ वर्षीय अब्दुल्लालाई लक्षित गरी ६३ वर्षीय कमल सिंह जमवालले नजिकैबाट गोली चलाएका थिए, तर निशाना चुकेकाले उनी जोगिए।

‘जेड प्लस’ सुरक्षा घेरा तोडेर आएका आक्रमणकारीलाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका थिए। पक्राउ परेका जमवालले आफू यो मौकाको लागि २० वर्षदेखि पर्खिरहेको र घटनाप्रति कुनै पश्चाताप नभएको बताएका छन्।

मुख्यमन्त्री ओमर अब्दुल्लाले आफ्ना पिताको ज्यान जोगिएकोमा भगवानलाई धन्यवाद दिँदै सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।