२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

१० दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न रुसलाई अमेरिकाको चेतावनी

१० दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न रुसलाई अमेरिकाको चेतावनी

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने गरी काम गर्न रुसलाई १० दिनको समयसीमा घोषणा गरेका छन। उनले समयसीमा पालन गर्न असफल भएमा नयाँ प्रतिबन्धहरू लगाइने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

स्कटल्यान्डबाट संयुक्त राज्य अमेरिका फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मङ्गलवारदेखि १० दिनभन्दा कम समयमा युद्धविराम हुनुपर्ने बताए। अमेरिकाले अवरोधलाई कम गर्न र विश्वव्यापी ऊर्जा बजारमा सम्भावित असरलाई सम्बोधन गर्न घरेलु तेल उत्पादन बढाउने ट्रम्पले बताएका छन।

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध सैन्य कारबाही शुरू गरेको थियो । युक्रेनले द्वन्द्व अन्त्य गर्ने शर्तका रूपमा पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने योजना त्याग्ने मागलाई आफ्नो सार्वभौमिकताको स्पष्ट उल्लङ्घन भनी अस्वीकार गरेको छ ।