इरानी नागरिकलाई अब ‘अन अराइभल भिसा’ नदिइने
- २९ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौं – नेपाल सरकारले इरानका नागरिकलाई दिँदै आएको ‘अन अराइभल भिसा’ सुविधा रोक्ने निर्णय गरेको छ। अब इरानबाट नेपाल भ्रमणमा आउन चाहनेहरूले पहिले नै भिसा लिनुपर्ने भएको छ।
अध्यागमन विभागका अनुसार सरकारी र कूटनीतिक राहदानी भएका बाहेक अन्य साधारण इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल आउन पाउने छन्। विमानस्थलमा ओर्लेपछि पाइने भिसा सुविधा इरानीका लागि बन्द गरिएको विभागले स्पष्ट पारेको छ।
यो निर्णयसँगै नेपालले अन अराइभल भिसा रोक लगाएका देशहरूको संख्या १३ पुगेको छ। यसअघि नाइजेरिया, घाना, जिम्बाबे, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया लगायतका देशका नागरिकलाई नेपालले यस्तो सुविधा दिएको थिएन।