२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

न्युयोर्कमा मे १७ ‘नेपाली हेरिटेज डे’ घोषणा

न्युयोर्कमा मे १७ ‘नेपाली हेरिटेज डे’ घोषणा

न्युयोर्क- न्युयोर्क सहरले मे १७, २०२६ लाई ‘नेपाली हेरिटेज डे’ घोषणा गरेको छ। न्युयोर्कका मेयर जोहरान ममदानीले यस घोषणापत्रमा हस्ताक्षर गरे। उनले नेपाली-अमेरिकी समुदायले न्युयोर्कको सामाजिक, सांस्कृतिक र विविधताको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

यस घोषणामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भाषा र संस्कृति जोगाउन गरेको कामको पनि तारिफ गरिएको छ। न्युयोर्कका विभिन्न ठाउँमा नेपाली समुदायको उपस्थिति बढ्दै गएकोले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यसअघि सन् २०२३ मा तत्कालीन मेयर एरिक एडम्सले पनि न्युयोर्कमा नेपालको झण्डा फहराउँदै ‘नेपाली हेरिटेज एन्ड कन्स्टिच्युसन डे’ घोषणा गरेका थिए। सोही वर्ष विधानसभा सदस्य जेनिफर राजकुमारले पनि नेपाली सम्पदा दिवस सम्बन्धी यस्तै प्रस्ताव ल्याएकी थिइन्।