२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

भारतीय गृहमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विशेष भेटवार्ता

भारतीय गृहमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विशेष भेटवार्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच विशेष भेटवार्ता भएको छ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सोमबार भारत भ्रमणमा गएका लामिछानेले आफ्नो ५ दिने भ्रमणका क्रममा मंगलबार गृहमन्त्री शाहसँग भेटेका हुन्। भेटमा दुई देशबीचको आपसी सम्बन्ध र राजनीतिक मामिलाबारे कुराकानी भएको छ।

यसअघि उनले भारतका विदेशमन्त्री एस जयशंकर र भाजपा अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए। राजनीतिक भेटघाटको सुरुवात गर्दै लामिछानेले आजैदेखि नयाँ दिल्लीमा आफ्ना उच्चस्तरीय भेटघाट तीव्र पारेका हुन्।