२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगे

परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगे

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी त्यहाँ गएका हुन्।

नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरे। आफ्नो भारत भ्रमणको क्रममा मन्त्री खनालले द्विपक्षीय वार्ता र अरू उच्चस्तरीय भेटघाट गर्नेछन्। उनी जेठ २४ गते नेपाल फर्कने कार्यक्रम छ।