२ असार २०८३, मङ्लबार
16 June 2026, Tuesday

धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

न्युयोर्क- धादिङ नेपाली समाज अमेरिकाको चौथो अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा हिमाल सागर अधिकारी निर्वाचित भएका छन्।

त्यसैगरी, संस्थाको वरिष्ठ उपाध्यक्षमा राज गुरुङ र महासचिवमा हरि गिरी चयन भएका छन्। नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध रूपमा छानिएका हुन्।

नयाँ नेतृत्व आएपछि संस्थामा एकता, समावेशिता, पारदर्शिता र सक्रियता अझ बलियो हुने अपेक्षा गरिएको छ। नवनिर्वाचित कार्यसमितिले अमेरिकामा रहेका धादिङवासी र समग्र नेपाली समुदायको हितमा काम गर्ने विश्वास लिइएको छ। नयाँ टोलीलाई विभिन्न व्यक्ति तथा संस्थाहरूले सफल कार्यकालको बधाई तथा शुभकामना दिएका छन्।