२ असार २०८३, मङ्लबार
16 June 2026, Tuesday

‘हामी नेपाली इन्टरनेसनल’ले न्युयोर्कमा पार्क सरसफाइ गर्दै

‘हामी नेपाली इन्टरनेसनल’ले न्युयोर्कमा पार्क सरसफाइ गर्दै

न्युयोर्क- न्युयोर्कस्थित एल्महर्स्टमा ‘हामी नेपाली इन्टरनेसनल’ले ‘सिटी पार्क फाउन्डेसन’सँगको सहकार्यमा पार्क सरसफाइ कार्यक्रम आयोजना गर्दैछ। आगामी जुन २० तारिख, शनिबारका दिन उक्त कार्यक्रम हुन लागेको हो।

सरसफाइ अभियान बिहान ९ बजेदेखि ११ बजेसम्म ‘मुर होमस्टेड प्लेग्राउन्ड’मा सञ्चालन हुनेछ। यो पार्क ब्रोडवे र ४५औं एभिन्यु तथा ८२औं स्ट्रिट, एल्महर्स्ट (न्युयोर्क ११३७३) मा पर्छ। ‘स्वच्छ पार्क, स्वस्थ समुदाय, राम्रो भविष्य’ भन्ने नाराका साथ यो सरसफाइ परियोजना गर्न लागिएको हो।

कार्यक्रममा समय मिलाएर सहभागी हुन आयोजकले सबैलाई अनुरोध गरेका छन्। सरसफाइमा आउँदा पन्जा, पानीको बोतल र सकारात्मक सोच लिएर आउन भनिएको छ।

यस अभियानमा सहभागी हुने साना बालबालिकाहरूलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन्। त्यसैले आफ्ना नानीहरूलाई सहभागी गराउन चाहने अभिभावकले नाम पठाइदिन समेत संस्थाले आग्रह गरेको छ। सबै मिलेर पार्कलाई सफा, सुरक्षित र सुन्दर राख्न संस्थाले जोड दिएको छ।