१९ असार २०८३, शुक्रबार
3 July 2026, Friday

‘हामी नेपाली इन्टरनेसनल’ ले दियो आमाको मुख हेर्ने दिनको शुभकामना

‘हामी नेपाली इन्टरनेसनल’ ले दियो आमाको मुख हेर्ने दिनको शुभकामना

न्यूयोर्क- न्यूयोर्कमा स्थापना भएको सामाजिक संस्था ‘हामी नेपाली इन्टरनेसनल’ ले आमाको मुख हेर्ने दिन (मातृ दिवस) को अवसरमा संसारभरका आमाहरूलाई शुभकामना दिएका छन्।

‘नेपाल र नेपालीको लागि – हामी नेपाली’ भन्ने नारा बोकेको यो संस्था सन् २०२६ मा अमेरिकाको न्यूयोर्कमा स्थापना भएको हो। संस्थाले आमाहरूको अथाह माया, हेरचाह र त्यागको सम्मान गर्दै शुभकामना सन्देश जारी गरेको छ।

सार्वजनिक गरिएको शुभकामना सन्देशमा आमाहरूलाई परिवारको मुटु र समाजको शक्ति भन्दै आभार प्रकट गरिएको छ। संस्थाले सबै आमाहरूलाई आदर र माया व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली समुदायलाई जोड्ने विभिन्न सामाजिक कार्यहरू गर्ने बताएकाे छ।