सांसद मनिष झाको ध्यानाकर्षण: जनजाति प्रतिष्ठान खारेज गर्ने सरकारी तयारीको विरोध
- ३० असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- प्रतिनिधिसभाका सांसद मनिष झालाई एक ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्न लागेको भन्दै सरोकारवालाले विरोध जनाएका छन्। पत्रमा आदिवासी जनजाति, मधेसी, दलित, महिला र सीमान्तकृत समुदायको योगदानलाई राज्यले बेवास्ता गर्न नमिल्ने उनीहरूले बताए।
संरचना सुधारको निहुँमा प्रतिष्ठान खारेज गर्ने सरकारी तयारीले समुदायमा असन्तुष्टि ल्याएको र यसले देशलाई दुर्घटनातर्फ धकेल्न सक्ने चेतावनी दिए। समावेशितालाई भाषणमा मात्र सीमित नगरी राज्यका हरेक तहमा सबै समुदायको सम्मानजनक सहभागिता र न्याय सुनिश्चित हुनुपर्ने माग उनीहरूले राखे।
राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ विकल्पका रूपमा आएकाले पुराना कमजोरी नदोहोर्याउन आग्रह गरे। समावेशी समुदायबाटै आएका सांसद झाले संसद् र पार्टीभित्र उत्पीडित वर्गको आवाज बलियो गरी उठाउने उनीहरूले अपेक्षा राखे। संविधानको मर्म, समान नागरिक सम्मान र न्यायपूर्ण समाज निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको उनीहरूले स्पष्ट पारे।