७ भदौ २०८३, आइतवार
23 August 2026, Sunday

स्पेनको सिउटामा हजारौं आप्रवासी अलपत्र, प्रहरीले हटायो समुद्र तटबाट

स्पेनको सिउटामा हजारौं आप्रवासी अलपत्र, प्रहरीले हटायो समुद्र तटबाट

स्पेन- मोरक्कोबाट स्पेनको सिउटा सहर प्रवेश गरेका हजारौं आप्रवासीको भविष्य अहिले अन्योलमा छ। उनीहरूलाई के गर्ने र कहाँ राख्ने भन्ने विषयमा स्पेनले कुनै निर्णय गर्न सकेको छैन।

स्पेनको प्रहरीले सिउटाको एल ट्राम्पोलिन समुद्र तट खाली गराएको छ। त्यहाँ जम्मा भएर बसिरहेका आप्रवासीहरूलाई प्रहरीले अस्थायी शिविरमा सारेका छन्।

आप्रवासीहरू आफ्ना सरसामान बोकेर शिविरतर्फ गएपछि सफाइ कर्मचारीले उक्त क्षेत्र सफा गरेका छन्। स्पेन प्रवेश गरेका यी हजारौं मानिसको व्यवस्थापन अहिले त्यहाँको सरकारका लागि ठूलो चुनौती बनेको छ।