न्युयोर्कमा नेपाली संघसंस्थाद्वारा संयुक्त रक्तदान, ५१ जनाले दिए रगत
- ०९ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कको क्विन्सस्थित टार्गेट मलमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। अगस्ट २४ तारिखमा भएको उक्त कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्।
ब्लड डोनर्स अफ अमेरिका, न्युयोर्कको संयोजनमा भएको यो कार्यक्रम विभिन्न नेपाली संघसंस्थाहरू मिलेर आयोजना गरेका हुन्। द गुरुङ (तमु) सोसाइटी अमेरिका, क्विन्स बुद्ध लायन्स क्लब, बलेवा सोसाइटी अफ अमेरिका, शेर्पा एसोसिएसन इन अमेरिका, प्रवासी नेपाली एकता मञ्च, किरात याक्थुङ चुम्लुङ र ‘हाम्रो आमा’ समूहले संयुक्त रूपमा यो कार्यक्रम गरेका हुन्।
रक्तदानमा दर्ता भएका ४२ जना र बाटो हिँडिरहेका ९ जना गरी ५१ जना सहभागी भए। रगत दिने सबैलाई खाजा र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो।