११ अशोज २०८३, आइतवार
27 September 2026, Sunday

परराष्ट्रमन्त्री खनालले न्युयोर्कमा भेटे प्रवासी नेपाली, विकासमा सघाउन आग्रह

परराष्ट्रमन्त्री खनालले न्युयोर्कमा भेटे प्रवासी नेपाली, विकासमा सघाउन आग्रह

न्युयोर्क- न्युयोर्क- परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कमा रहेका प्रवासी नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन त्यहाँ पुगेका मन्त्री खनालले नेपालको विकासमा प्रवासी नेपालीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै देश विकासमा थप योगदान गर्न आग्रह गरे।

न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा केही प्रतिनिधिले प्रविधि, कृत्रिम बौद्धिकता, विपद् व्यवस्थापन र नेपालको विकासमा आफूहरूले गर्न सक्ने योगदानका विषयमा प्रस्तुति दिएका थिए।

मन्त्री खनालले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, अनुभव, पुँजी र सञ्जाललाई नेपालको विकाससँग जोड्न आवश्यक रहेको बताए। उनले प्रवासी नेपालीसँगको सहकार्यलाई अझै प्रभावकारी बनाउँदै देश विकासमा उनीहरूको योगदान बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।