२० अशोज २०८३, मङ्लबार
6 October 2026, Tuesday

प्रधान सेनापति सिग्देल एक साताका लागि बेलायत प्रस्थान

प्रधान सेनापति सिग्देल एक साताका लागि बेलायत प्रस्थान

प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्।

बेलायती सेनाका ‘चिफ अफ द जनरल स्टाफ’ सर रोली वाकरको निमन्त्रणामा उनी एक साताको लागि त्यसतर्फ गएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरे।

यस भ्रमणले दुई देशबीच वर्षौंदेखि रहेको सैनिक सम्बन्धलाई थप बलियो बनाउने सेनाले विश्वास लिएको छ। यसबाट सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत सहयोग पुग्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सिग्देल बेलायत रहुन्जेल उनको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।