स्पेनको सेउतामा अलपत्र परे सयौँ आप्रवासी बालबालिका, सडकमै बास
- २५ अशोज २०८३
- १ मिनेटको पढाई
स्पेन – स्पेनको सेउता सहरमा सरकारले समयमै उचित व्यवस्थापन नगर्दा सयौँ आप्रवासी बालबालिका तथा किशोरकिशोरी सडकमै अलपत्र परेका छन्। युरोप छिर्ने वा कम्तीमा सुरक्षित आश्रयस्थल पाउने आशमा उनीहरू चर्च बाहिर र समुद्री किनारमा दिन काट्न बाध्य छन्।
गत जुलाई महिनामा करिब ८० हजार मानिसले स्पेनको सीमा पार गरेका थिए, जसलाई स्पेनको अहिलेसम्मकै ठूलो सीमा सङ्कट मानिएको छ। सीमा पार गर्नेहरूमा धेरैजसो मोरोक्कोबाट आएका १७ वर्ष वा सोभन्दा कम उमेरका छन्। उनीहरू अहिले एल ट्राम्पोलिन समुद्री किनारमा अस्थायी त्रिपाल टाँगेर सुत्न बाध्य छन्।
सरकारी आश्रयस्थलमा बस्न पाउनुपर्ने माग राख्दै आप्रवासी बालबालिकाहरूले प्रदर्शन समेत गरेका छन्। अक्टोबरको सुरुतिर स्पेनका मन्त्रीको भ्रमणले आफ्नो उद्धार हुने आशमा उनीहरू चर्च अगाडि लामबद्ध भएका थिए। तर, सरकारको सुस्त प्रतिक्रियाले उनीहरूको अवस्था झन् कष्टकर बन्दै गएको छ।