२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

फोर्ब्सको थर्टी अन्डर थर्टी एशियाको सूचीमा ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी

फोर्ब्सको थर्टी अन्डर थर्टी एशियाको सूचीमा ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी

फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको एशियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालकी श्रेया गिरी परेकी छन् ।

बिहीबार सार्वजनिक भएको फोर्ब्सको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधा अन्तर्गत गिरी सन् २०२४ को थर्टी अन्डर थर्टी एशियाको सूचीमा पर्न सफल भएकी हुन् ।

२८ वर्षीया गिरी डिजिटल मेन्टल हेल्थ प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् । बेलायतको अध्ययन पूरा गरेर नेपाल फर्किएपछि उनले ह्याप्पी माइन्ड्स सुरू गरेकी थिइन ।