बहुमुखी सञ्चारकर्मी गिरीप्रसाद भुसालः भिडियो सम्पादनदेखि निर्देशनसम्मको यात्रा
- २८ अशोज २०८३
- १ मिनेटको पढाई
विश्व हिन्दु कलाकार मञ्च नेपालले सञ्चारकर्मी गिरीप्रसाद भुसाललाई सम्मान गरेको छ। संस्थालाई पुर्याएको विशेष योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।
भुसाल सञ्चारकर्मीका साथै एक कुशल कलाकार, निर्देशक, छायाँकार र दृश्य सम्पादक समेत हुन्। उनले दर्जनौं टेलिसिरियल र म्युजिक भिडियोमा निर्देशन, छायांकन तथा सम्पादनको काम सफलतापूर्वक गरिसकेका छन्।
विगत लामो समयदेखि कला क्षेत्रमा आबद्ध उनी पछिल्लो समय भने सञ्चार कर्ममा निकै सक्रिय छन्।
लुम्बिनीका गिरीप्रसाद भुसाल सञ्चार क्षेत्रमा बहुमुखी प्रतिभाका रूपमा चिनिएका छन्। उनी सम्पादक, समाचार वाचक, क्यामेरा अपरेटर र भिडियो सम्पादकको रूपमा सक्रिय छन्। उनले म्युजिक भिडियो, वृत्तचित्र र टेलिशृङ्खलामा छायाङ्कन तथा निर्देशनको काम पनि गरेका छन्।
हाल उनी बाह्खरी मिडियामा भिडियो सम्पादनकाे काम गरिरहेका छन भने सन् २०२२ देखि २०२५ सम्म अन्नपूर्ण नेटवर्क मिडियामा भिडियो सम्पादक तथा संवाददाताको रूपमा कार्यरत छन्। यसअघि सन् २०१९ देखि २०२२ सम्म उनले नेपाल समयमा काम गरेका थिए। सन् २०१६ मा उनले विन्ध्यवासिनी म्युजिकमा पनि भिडियो सम्पादकको रूपमा काम गरे। समाचारका लागि अनुसन्धान गर्ने, स्क्रिप्ट लेख्ने, अन्तर्वार्ता लिने र भिडियो सम्पादन गर्ने उनको मुख्य जिम्मेवारी हो।
भुसालसँग भिडियो सम्पादन, तस्बिर सम्पादन (फोटोसप) र मल्टिमिडियाको राम्रो ज्ञान छ। प्राविधिक सीपका साथै उनी टोली कार्य र नेतृत्वमा पनि सक्षम छन्। नेपाली, हिन्दी र अंग्रेजी भाषामा उनी राम्रो दख्खल राख्छन्।
उनले आधारभूत पत्रकारिता र मल्टिमिडियासम्बन्धी तालिम पनि लिएका छन्।